बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो
विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ ।