सुनसरी । बलात्कार मुद्दामा उच्च अदालत बिराटनगरबाट थुना आदेश भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।
गत माघ ९ गते उच्च अदालत विराटनगरमा बहस चलिरहेकै बेला भारत पसेका उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएपछि झुम्का कारागार पठाइएको बताइएको छ ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा उच्च अदालत बिराटनगरले सुनुवाइ गर्ने दिन अर्थात माघ ९ गते उनी जोगबनी नाका हुँदै भारततिर फरार भएका थिए ।
धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
















