यात्रुबाहक बस दुर्घटना, ३१ घाइते, तीनको अवस्था गम्भीर
कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आज साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई सडकबाट तल खसेको हो