काठमाडौँमा पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह
काठमाडौँ, सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ ।