बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला
धनगढी । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिकामा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।