आजबाट १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप दिइँदै
काठमाडौँ । मंगलबार फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ। विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन