बैतडीमा बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु
बैतडी । बैतडीमा विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन्। विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका