बझाङको केदारस्यूँमा जीप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते
काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । सडकबाट अनियन्त्रित भई जीप करिब ३०० मिटर तल खसरे दुर्घटना भएको हो ।