बाघको छाला र लागूऔषधसहित तीनजना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-४ सहिद गेटस्थित जुमेरा होटलबाट ७ फिट ६ ईन्च लम्बाई, १ फिट १० ईन्च चौडाई भएको बाघको छाला १ थान र अवैध लागूऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ