आज विजयादशमीः टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
काठमाडौँ । बडादशैँको दशौँ दिन आज विजया दशमी मनाइँदैछ। यो दिन नेपालका अधिकांश हिन्दू समुदायमा टीका ग्रहण गर्ने चलन छ। आज टीकाको उत्तम साइत ११:३६ बजे छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ।