मुगुमा जीप दुर्घटना, तीन घाइते, एकजनाको अवस्था गम्भीर
मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तारापानीबाट गमगडी आउने क्रममा फुली भन्ने ठाउँमा एक्कासी ब्रेक पाई भाँचिँदा जीप नियन्त्रण भन्दा बाहिर गई दुर्घटना भएको हो