पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी । गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाले पहिरो खस्दा उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा सोमबार बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।