विद्यापीठमा ताला
तुलसीपुर, नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठमा विद्यार्थीले ताला लगाएका छन् । आयुर्वेद उत्तर माध्यमा तेस्रो वर्षका विद्यार्थीले बुधबार विद्यापीठमा ताला लगाएका हुन् । नियमित पठनपाठन हुनुपर्ने, पुस्तकालयमा आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीहरुले