तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्ने कांग्रेसको घोषणा
पोखरा । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारले नक्सा छापेर सार्वजनिक गर्न नसके काँग्रेस छाप्ने चेतावनी पनि दिएका