पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषदमा किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा आजै सपथ खानुभएको छ ।
प्रदेश प्रमुख सीता पौडेलबाट यहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएका दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित रहनुभयो ।
यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री हुुनुहुन्थ्यो । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएपनि गुरुङले स्वास्थ्यका कारण मन्त्रिपरिषद विस्तार पछि सार्नुभएको थियो । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै हुनुहुन्छ ।