बागमती, गण्डकी र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।