देश बनाउने काम तीन तहका सरकारको हो : अध्यक्ष तिमिल्सिना
सिन्धुपाल्चोक, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो