भरतपुरमा मतदाता प्रभावित पार्न माओवादीले बाँड्यो भूमिको निस्सा, आचारसंहिता उल्लंघनको उजुरी दिने तयारी
चितवन । निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा माओवादी केन्द्र निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले