पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्त्व छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्त्व रहेको बताउनुभएको छ । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्त्वको वनकाली उद्यानको उद्घाटन गर्नुहुँदै उहाँले