तीन क्विन्टल ९२ किलो गाँजासहित दुईजना पक्राउ
बागमती । तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागु औषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको