होलीमा उच्छृंखल गतिविधि गर्ने २४ पक्राउ
काठमाडौँ । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंबाट २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार काठमाडाैंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा २२ पुरुष र दुई महिला छन्।