बर्दिबासमा भू-माफियाहरूको चलखेल, विद्यालयको जग्गा अतिक्रमण
महोत्तरी । महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरबारविहीन बनाउने र वनसमेत अतिक्रमण गरि आफ्नो नाममा बनाएका घटनाहरु सार्वजनिक हुँदै आएका बेला बर्दिवासका एक व्यक्तिले विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरेर आफ्नो बनाउने प्रयास गरेको खुलेकाे छ ।