चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक
काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।