मन्त्री श्रेष्ठलाई सांसद शाहको प्रश्न- टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ?
काठमाडौं । रास्वपाका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठलाई खेलक्षेत्रका विषयमा प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? भन्दै प्रश्न गरेका