गुजरातमाथि नेपाल ८ विकेटले विजयी
काठमाडौँ । नेपालले फ्रेन्डसिप कपमा विजयी शुरुवात गरेको छ । कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।