साफ यू–१६ महिला फुटबल: बंगलादेशसँग नेपाल पराजित
काठमाडौँ । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् ।