नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ७ अर्ब ५७ करोड
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।