नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही
जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ। नापतौल इजाजतपत्र नलिई आफूखुशी नापतौल यन्त्रको प्रयोग गर्ने, उपभोक्तालाई ठग्गी गर्ने, तथा तोकिएको समयमा नवीकरण नगराउनेलाई कारबाही