काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ। यस दिन बजार ०.८२ प्रतिशतले ओरालो लागेको हो।
दिनभरिमा ३ करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा कुल १५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ।
आज रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावर का सेयरमा सकारात्मक सर्किट लाग्दै लगानीकर्ताले क्रमशः प्रतिकित्ता १६६.३० र ३० रुपैयाँ आम्दानी गरेका छन्। साथै सोलु हाइड्रो, भुजुङ हाइड्रो र होटल फरेस्ट इन का लगानीकर्ताले पनि करिब ९.९९ प्रतिशतसम्म नाफा कमाएका छन्।
यता अभियान लघुवित्त, सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र महुली लघुवित्त का सेयरधनीले भने अधिकतम ७.७४ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, अपि पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल अग्रस्थानमा रहे।
नेप्सेका अनुसार उत्पादन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढे पनि बाँकी सबै समूहका सूचकहरू घटेका छन्।




















