नेपाली चियाको गुणस्तरमाथि प्रश्न, चिया गुणस्तरीय छ : सरोकारवाला
इलाम । नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन् । केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया भारत आयात गरेमा बिक्रेताको खरिद इजाजतसमेत रद्द गर्नेसम्मको प्रावधान लेखेको थियो ।