काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोभिड संक्रमणबाट निधन भएको बताइएको छ छ । संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक ४७ वर्षीय जलान करिब १५ दिनअघि अस्पताल भर्ना भएका थिए । उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।
वर्ल्ड लिंकको स्थापना कालदेखि नै व्यवस्थापकीय भूमिकामा रहेका जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत थिए ।