सिटी एक्सप्रेस र खल्तीबीच सम्झौता
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच खल्ती एप तथा वेबसाइटबाटै रेमिटयान्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र खल्तीका निर्देशक अमित अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।