निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै निगमले पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको हो । मूल्यवृद्धिको विषयलाई लिएर नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतले आन्दोलन सुरु गरेका थिए ।