अमेरिकाले नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिने
काठमाडाैँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा गरिरहेको अनुदान सहयोगलाई निरन्तरता दिने भएको छ। अमेरिकी सरकारबाट यस्तो निर्णय भएको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले जनाएको छ। एमसीए–नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई