वजेटले जनताप्रति राज्यको दायित्व पूरा गर्ने अर्थमन्त्रीको दावी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्व सरकारले अघि बढाएको केही कार्यक्रम अनावश्यक भएकाले रोकिएको स्पष्ट पार्नुभएको छ । आइतबार बजेटका बिषयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार घटाउन र राज्यको दायित्व पूरा गर्न अनावश्यक कार्यक्रम रोकिएको प्रष्ट पार्नुभएको हो