काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकको सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता योजनाले बैंकलाई सफलतार्फत अघि बढाएको छ भने ग्राहकहरुले पनि अत्याधिक फाइदा पुगेको देखिन्छ ।
मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंक देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई बैंङिक सेवा दिन सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यो बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको देखिन्छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
दिनप्रतिदिन सफलतातर्फ लम्किदै सवल र सक्षम बन्दै गएको बैंकको व्यवस्थापन समूहले बैंकलाई उचाइमा त पुर्याएको छ नै, ग्राहकलाई पनि अनेक प्रकारले फाइदा पुर्याउँदै आएको छ । ग्राहकले बैंकप्रति गरेको भरोसा, विश्वास, सदाशयता एवं हार्दिकताको लागि बैंकका सिईओ रोशन न्यौपानले कृतज्ञता व्यक्त गर्दै आएका छन् । बैंक माथि ग्राहकहरुले दर्शाएको आड भरोसाको उच्च मूल्यांकन गर्दै ग्राहकहरूको मन एवं मुटुको बैंक बन्न पाउँदा थप हर्षित भएको सिईओ न्यौपानेले बताएका छन् । सिईओ न्यौपानेले भनेका छन् “बैंकप्रति ग्राहकले गरेको हार्दिकतालाई अझ बढी विश्वसनिय, सहज र सबल बनाउने उद्देश्यका साथ स्थानीय जनताहरूलाई नेपालकै सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उच्च अभिलाषाका साथ हाम्रो ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ योजना ल्याएका हौ ।”

ग्राहकको साथ र सहयोगमा स्थानीय क्षेत्रभित्र बसोबास गर्दै आएका आम स्थानीय जनसमुदायहरूलाई उनीहरूको दैनिक आर्थिक क्रियाकलापमा सहजता ल्याउने एवं आर्थिक उन्नति एवं भलाईको उद्देश्यका साथ दिन बैंकले ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ योजना ल्याएको जनाएको छ । ग्राहकसँग यसअघि गरिएको हातेमालोलाई अझ बढी फराकिलो पार्दै स्थानीय क्षेत्रमा बसोबास गर्ने स्थानीय वासिन्दाहरूमा अतुलनीय फाइदाहरू रहेको सर्वश्रेष्ठ स्थानीय बचत खाता सञ्चालन गरिएको जनाउँदै बैंकले यस प्रकारको खाता खोल्न र अरुलाई पनि अभिप्रेरित गर्न बैंकले आग्रह गरेको छ ।
यो बचत खाता योजनामार्फत उपलब्ध हुने सर्वाधिक उच्च ब्याजदर, ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथै अन्य १८ अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू एवं विशेषताहरू रहेको बैंकले जनाएको छ । ती फाइदाहरु निम्नानुसार रहेका छन् :


बैंकका अन्य प्रकारका बचत खाता भन्दा १० गुणा बढी फाइदाहरू रहेको यस बचत खातामै रू. ८४ लाखसम्मको बीमा योजना समेटिएकाले यस प्रकारको वचत खाता नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो पटक २४ विशेष फाइदाहरू समेटी सञ्चालनमा ल्याइएको नविन वचत खाता हो । अतः यस प्रकारको खाता योजना ल्याई स्थानीय जनताहरूको सेवा गर्ने अवसर प्रदान गर्ने बैंकले विश्वास र भरोसा गरेको छ ।
स्थानीय स्तरका जनताहरूको आर्थिक एवं सामाजिक उन्नतीमा बैंकको सहकार्यले एक उल्लेखनीय उपलब्धि हासिल गर्ने यो अभियानमा सँगै हातेमालो गरी सर्वोत्तम हितलाई ध्यानमा राखि विविध फाइदाहरू रहेको यस प्रकारको खाताबाट पक्कै पनि स्थानीयहरूको सर्वोत्तम हित नै हुनेछ विश्वास बैंकले गरेको छ ।

यो प्रकारको खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क नलाग्ने फाइदाको अलावा पूरा ५ वर्ष सेवा तथा सुविधामा निशुल्क भएकाले यसले स्थानीय जनताहरूलाई सेवा पुर्याउने छ भने समाज र राष्ट्रको सामाजिक उत्तरदायित्व वहन गरेको अनुभुुति भएको छ ।
आफ्ना सेवा र सुविधालाई थप ग्राहकमैत्री बनाउन सदैव अग्रसर भएको नाताले पनि बैंकले आम ग्राहकहरूको हरेक प्रकारको बैंकिङ्ग समस्याहरूलाई हालको उच्च प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूका तमाम समस्याहरूको हल आफ्नै घरमै बसी समाधान गर्ने खालको प्रविधिको विकास गरेको छ । जस अन्र्तगत यस प्रकारको खाता सञ्चालनमा कुनै समस्या परेमा वा कुनै गुनासा र जिज्ञासा भएमा यहाँहरूको नजिक रहेको बैंकको शाखा एवं त्यस शाखाका शाखा प्रबन्धकलाई प्रत्यक्ष सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
सदैब छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलोपटक Guaranteed Experience Framework नीति तयार गरि लागू गरिएको जनाउँदै बैंकले प्रत्येक बैंकिङ्ग सेवा प्रदान गर्ने निश्चित समय सिमा निर्धारण गरी सोही समयमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको जनाएको छ । बैंकका सेवा तथा सुविधा सम्बन्धी प्रक्रियागत एवं डिजिटल बैंकिङ्ग च्यानलहरूमा ग्राहकले भोग्ने प्राविधिक समस्याहरूको यथासिघ्र समाधान तथा सेवा सम्बन्धी जिज्ञासाको यथोचित सम्बोधनका लागि बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको ‘Customer Care’ मार्फत बैंकसँग जोडिन सक्ने बताइएको छ । ग्राहकको गुनासोको सुनुवाई तथा Progress Tracking को सुविधा समेत सो एपमार्फत उपयोग गर्न सकिने बताइएको छ । साथै, बैंकका सेवा तथा सुविधाहरूको सम्वन्धमा अन्य कुनै जिज्ञासा एवं गुनासो भएमा नजिकैको शाखा कार्यालय वा ०१–५९७०१०१ र टोल फ्री नं. ः १६६०–०१–७७७७१ नम्वरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
























