सरकारले राख्यो सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा (सूचीसहित)
काठमाडौं । सरकारले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्मलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो