काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा यो आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल आकार १७ खर्ब, ९३ अर्ब, ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोजनमध्ये चालूतर्फ सात खर्ब, ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीयतर्फ तीन खर्ब ३० अर्ब २२ करोड रहेको छ।
प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रहेको छ।
बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड , विदेशी ऋण २ खर्ब ४२ अर्ब २६ करोड, २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री शर्माले बताउनुभयो ।

























