लाभांश प्रस्ताव पारित गर्न एनएमबी लघुवित्तले २६ पुसमा बोलायो साधारणसभा
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २६ पुसमा साधारणसभा बोलाएको छ। लघुवित्तले होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।