चुनावी सरकारको हावादारी बजेटः पूर्व अर्थमन्त्री विष्णु पौडेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझी हावादारी बजेट ल्याएको बताएका छन् । यो सरकारको म्याद पाँच महिनाको भए पनि उसले ‘स्वर्ग पुर्याउने’ कुरा बजेटमा गरेकाे प्रतिक्रिया पौडेलले दिए ।