सुशासनमा अपेक्षित सुधार हुन सकेन, तीनै तहका सरकारविरुद्ध उजुरी बढे : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको र तीन तहका सरकारविरुद्ध उजुरी बढेको बताएका छन् । आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले संघीयता