जहाज खरिद प्रक्रियामा पर्यटन मन्त्रालयमा कमिसनको खेलः सांसद खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटन मन्त्रालयले सुरु गरेको नयाँ जहाज खरिद प्रक्रियामा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री काम गर्न भन्दा धेरै प्रचारबाजीमा लागेको आरोप लगाए ।