एसिया प्रशान्त क्षेत्रको ‘चामत्कारिक’ सफलता : राष्ट्रपति ट्रम्प
(रासस÷सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई ‘चामत्किारिक’ सफलता बताउनुभएको छ । “एसिया–प्रशान्त क्षेत्रको अर्थतन्त्र पहिलेपनि मजबुत होे र अझै उदीयमान रहेको छ,” उहाँले थप्नुभयो ।