दक्षिण अफ्रिकामा लकडाउन दुई साता लम्बियो
प्रिटोरिया । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गर्नु भएको छ । यसअघि गत मार्च २७ मा शुरु भएको लकडाउन २१ दिनका लागि तय गरिएको थियो ।