जेलेन्स्की भन्छन्– रुसले आणविक हतियार प्रयोग गर्न सक्छ
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो । ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब तिनीहरूले गर्न सक्छन्’, जेलेन्स्कीले भने, ‘संसारका सबै’ चिन्तित हुनुपर्छ ।