बिद्या भट्टराई बनिन् शिक्षामन्त्री
काठमाडौं । कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।