मुख्यसचिव नियुक्तिमा असन्तुष्टि: ज्ञवालीपछि सचिव भट्टराईले पनि दिए राजीनामा
काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् । उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन्