मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउछौँ : प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताउनुभएको छ । जनसांस्कृति महासङ्घद्वारा आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा उहाँले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताउनुभयो