अमेरिकामा नेपालसहित तीन देशका कलाकारको संयुक्त प्रस्तुति
काठमाडौँ । नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् । सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको कार्यक्रममा तीन देशका कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन्