महिलाका फार्म र डेरीले उकासिएको जीवन
इलाम । फाकफोकथुम गाउँपालिका एकतप्पाकी ममता खनाललाई बिहानको रिमरिमभन्दा पहिले नै गोठमा पुग्न हतार हुन्छ । बिहानको उज्यालो भुइँमा झर्नुअघि नै गाईवस्तुको थलाभकारा र खोलेको काम सक्नुपर्छ । उहाँले सानाठूला गरी ४२ गाईभैँसी पाल्नुभएको छ । बिहानमात्र होइन, दिनसमेत उहाँको